झापा, माघ ४ । झापाको बिर्तामोड नगरपालिका-३ बाट लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरिएको छ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ का २६ वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका(३ का सुवास तामाङलाई २७ ग्राम ब्राउनसुगर र निजहरुले प्रयोग गरेको मे ३ प ८९८ नम्बरको स्कुटरसहित पक्राउ गरेको हो
पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।