माघ ४ । बिग ब्यास क्रिकेट लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले पुन: अर्को जित निकालेको छ।
शनिबार भएको खेलमा पर्थ सोचर्सलाई १० रनले पराजित गरेको हो। टस जितेर पहिला ब्याटिङकफ निम्तो पाएको मेलवर्नले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। जवाफमा पर्थ सोचर्सले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३१ रनमा मात्रै बनाउन सक्यो।
उसलाई १३१ रनमा रोक्नको लागि बलिङमा निक माडिन्सनले तीन तथा सन्दीप लामिछाने, डानीयल वरल र ग्लेन म्याक्सवेलले एक एक विकेट लिए । सन्दीपले चार ओभरमा २९ रन दिएर १ विकेट लिएका हुन्।
जितसँगै शीर्ष स्थानको मेलबर्नले ११ खेलमा २० अंक बनाएको छ।