सुनसरी, माघ ४ । त्रिभुवन आर्मी क्लबले सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै उपाधि जितेको हो।
यो सँगै विजेता आर्मीले ४ लाख ५ हजार र उप विजेता पुलिसले २ लाख ५ हजारमा नगद प्राप्त गरेका छन्। १ सय ८५ रनको विजयी लक्ष्य पक्ष्याएको पुलिस २४।४ ओभरमा अल आउट हुँदै ९९ रनमा समेटियो।
त्यसअघि इनरुवा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आर्मी ४८ दशमलव ५ ओभरमा अल आउट हुँदै १ सय ८४ रनमा समेटिएको थियो।