सिरहा, माघ ४ । सिरहामा डिजे साउण्ड सिस्टमु लोड गरिएको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
ट्याक्टरमा सवारमध्ये पाँचजना घाइते पनि भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिका-७ चोहर्वा चोकनजिकै स १ त ६५६० नम्बरको ट्याक्टर दुर्घटना भएको हो।
दुर्घटनामा लहान नगरपालिका-१३ का २१ वर्षीय सन्तोष कुमार यादव र सिरहाकै धनगढी नगरपालिका-१२ का २२ वर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको गोलबजार प्रहरीले जनाएको छ।
ट्याक्टरमा १३ जना सवार थिए। तीमध्ये पाँचजना घाइते पनि भएका छन्। उनीहरूको उपचारका लागि लहान लगिएको छ।
बाख्रालाई जोगाउन खोज्दा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए। उनका अनुसार घाइतेहरू खतरामुक्त रहेको बुझिएको छ।