माघ ५ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनामा ‘केवल टनेल’ निर्माणको काम सुरु गरिएको छ। १ सय ४० मेगावाट क्षमता रहेको आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि ‘केवल टनेल’ खन्ने काम सुरु गरेको हो।
तनहँु जलविद्युत् आयोजनाका प्रबन्ध सञ्चालक प्रदीप थिकेको उपस्थितिमा सिनो हाइड्रोले सुरुङ खन्ने कामको सुरुवात गरेको आयोजनाका साइट इन्चार्ज इन्जिनियर विदुर अधिकारीले जानकारी दिए। सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ।
सिनोले झापुटारमा पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ। सो हाइड्रोले उक्त ठाउँमा आवास, कार्यालय, क्रसर प्लान्ट र पहुँच मार्ग निर्माण गरेको छ। दोस्रो प्याकेजको कामका लागि सिनो हाइड्रोसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख ९मूल्य अभिवृद्धि करबाहेक० मा सम्झौता भएको थियो।
आयोजनाको पहिलो प्याकेजअन्तर्गत कामका लागि पुनः बोलपत्र आह्वान भएकामा एसियाली विकास बैंक (एडीबी) ले उक्त बोलपत्र रद्द गरेको छ। पहिलो प्याकेजको ठेक्काका लागि आयोजनाले गत १२ वैशाखमा पुनः बोलपत्र आह्वान गरेको थियो। त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चार कम्पनीले बोलपत्र पेस गरेका थिए। तर, एडीबीले चारवटै कम्पनीलाई अस्वीकृत गरिदिएको छ।
एडीबीले चार कम्पनीको प्रस्तावलाई रद्द गरिदिएपछि अब नयाँ ठेक्का प्रक्रिया सुरु गर्न कम्तीमा ६ महिना लाग्ने बताइएको छ। बोलपत्र रद्द भएपछि आयोजनाको निर्माण अवधि पनि पछाडि धकेलिएको छ। आयोजनाका लागि आवश्यक क्याम्प तथा विद्युत् गृहको पहुँच मार्ग निर्माणका लागि १ सय ५० रोपनी क्षेत्रफल जग्गा अधिग्रहण भइकेको छ। बाँधस्थलको पहुँच मार्गका लागि ५० रोपनी र जलाशय क्षेत्रका लागि १ हजार २ सय ३० रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाले जनाएको छ। बाँधस्थलको पहुँच मार्गका लागि थप १० र जलाशय क्षेत्रका लागि थप ५ प्रतिशत जग्गा अधिग्रहण गर्न बाँकी छ।
पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एसियाली विकास बैंक (एडीबी) र युरोपेली लगानी बैंक (ईआईबी) को सहुलितपूर्ण ऋण परिचालन हुनेछ। निर्माण व्यवसायी कम्पनीले आयोजनाको १ सय ४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायत संरचना निर्माण गर्नेछ। आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केईसीसँग ठेक्का सम्झौता भइसकेको छ।
आयोजनाका लागि १४० मिटर बाँध, १ हजार १ सय ६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगृत विद्यृत् गृह निर्माण गरिनेछ। खुद उचाइ १ सय २१ मिटर रहने आयोजनाबाट सुख्खायामा १ सय ७८।९० मेगावाट र वर्षायाममा ३ सय २३।६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ। आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत० रहेको छ। सोमध्ये एडीबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका०ले १८ करोड ४० लाख, ईआईबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ।
आयोजनाको विद्यृत् गृह निर्माणका लागि २ सय ८८ मिलियन डलर, प्रसारणलाइन तथा सबस्टेसन निर्माणका लागि १५ मिलियन डलर, ग्रामीण विद्युतीकरणका लागि ८ मिलियन डलर, जग्गा प्राप्ति तथा पुनःस्थापनाका लागि ३० मिलियन डलर, वातावरण व्यवस्थापनका लागि २१ मिलियन डलर, पूर्वाधार निर्माण तथा भन्सार एवं कर प्रयोजनका लागि ४६ मिलियन डलर, आयोजना व्यवस्थापन तथा सामुदायिक कार्यक्रमका लागि २५ मिलियन डलर खर्च हुने अनुमान छ।
यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र सो कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन्। आयोजनाको समग्र निर्माण २०८१ सालको असार दोस्रो साताभित्र ९जुन २०२४० सम्पन्न गर्ने लक्ष्य रहेको छ।रासस