जनकपुरधाम, माघ ५ । प्रदेश २ मा आइतवार सार्वजनिक बिदा दिइएको छ। पहिलो मधेश आन्दोलनको १३ वर्ष पूरा भएकोले प्रदेश सरकारले बलिदानी दिवसको रुपमा सार्वजनिक बिदा दिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।
यस अवसरमा प्रदेश सरकारले यस वर्ष वीरगञ्जमा औपचारिक कार्यक्रमको आयोजना गर्दैछ।
बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहीद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता रहने जनाइएको छ।