काठमाण्डौं, माघ ५ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ। शुक्रबार ७४ हजार ८ सयमा रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आइतबार ७५ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय कायम भएको छ। त्यस्तै चाँदीको मूल्य ८ सय ९० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।