माघ ५ । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन अब राजपरिवारको औपचारिक सदस्य नरहने भएका छन्। बकिङघम दरबारबाट जारी एक विज्ञप्तीमा राजकुमार ह्यारी र मेगन अब राजपरिवारको औपचारिक सदस्य नरहेको घोषणा गरिएको हो।
ह्यारी र मेगनकै चाहनाअनुसार बकिङघम दरबारले उनीहरुलाई राजपरिवारको सदस्यका रुपमा पाइने जिम्मेवारीबाट ‘मुक्त’ गरेको हो।
ह्यारी र मेगनले हालै मात्रै राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने तथा बेलायत र उत्तर अमेरिकामा ‘निजी जीवन’ व्यतित गर्ने घोषणा गरेका थिए।
बेलयातकी महारानी एलिजाबेथले एउटा छलफल पछि ह्यारी र मेगनको राजपरिवारको सदस्यका रुपमा प्राप्त जिम्मेवारी परित्याग गर्ने घोषणामा सहमति जनाएकी हुन्।
बकिङघम दरबारका अनुसार ह्यारी र मेगनको शाही पदसँगै उनीहरुले पाउने सैन्य पद पनि हट्ने जनाएको छ।