चितवन ,माघ ५। भरतपुर महानगरपालिका वडा नं.७ ले टोल स्तरीय हाजिर जवाफ प्रतियोगिता शनिबार सम्पन्न गरेको छ। बाल बालिकाहरुको बौद्धिक क्षमता विकासका लागि प्रतियोगिता आयोजना गरिएको हो्। प्रतियोगितामा जलदेवी टोल विकास संस्था प्रथम, शिव टोल विकास संस्था द्वितीय र मर्स्याङ्दी टोल विकास संस्था तृतीय भएका छन्। प्रतियोगितामा वडाको सत्र टोल विकास संस्थाका बाल बालिकाहरुको सहभागिता रहेको थियो।
वडा नं.७ का अध्यक्ष राजेन्द्रमणी काफ्लेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका संयोजक बुद्धिप्रसाद सापकोटा रहेका थिए भने बेटर चितवनले सहजीकरण गरेको थियो।
