काठमाण्डौं, माघ ५ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी क्लबले जित निकालेको छ।
आइतबार भएको खेलमा एनआरटीले विभागीय टिम एपीएफ क्लबलाई ३(२ गोल अन्तरले पराजित गरेको हो। एनआरटीलाई जित दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक एक गोल गरे। एपीएफका आशिष लामाले दुई गोल फर्काए।
रोमान्चक बनेको खेलमा आन्द्रेले २४ औं मिनेटमा गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए। ४१ औं मिनेटमा एपीएफका आशिषले गोल गर्दा पहिलो हाफ १(१ गोलको बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा एपीएफले अग्रता बनायो। खेलको ५४ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २(१ को अग्रता दिलाए।
तर, खेलको ८० औं मिनेटमा जोर्डनले गोल गर्दै एनआरटीलाई २(२ को बराबरीमा ल्याए। त्यसपछि खेलको ८५ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई ३(२ को रोमान्चक जित दिलाए।
खेलमा एनआरटीका एरिक बिष्ट म्यान अफ दि म्याच चुनिए।
जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ। एनआरटीले ७ खेलमा ११ अंक जोडेको छ।
एपीएफ ७ खेलमा ५ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ।