माघ ७ । उरुग्वेका फरवार्ड ईडिन्सन काभानीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्न चाहेको बताएका छन्। स्पेनिस क्लब एट्लेटिको मड्रिडको प्रस्तावसंगै काभानीले पीएसजीलाई क्लब छाड्न चाहेको बताएका हुन्।
३२ बर्षका फरवार्डले चालू सिजनमा थोरै मात्र अवसर पाएका हुन्। उनले मात्र १४ खेलमा पहिलो रोजाईमा रहँदै खेलको सुरुवात गरेका छन्। मौरो ईकार्डी लोनमा ईन्टर मिलानबाट पीएसजी आएपछि काभानीलाई टिममा पर्न समस्या हुदै आएको छ।
काभानीले सन् २०१३ मा फ्रान्सेली क्लबसंग जोडिएका थिए । उनी क्लबमा कीर्तिमानी १ सय ९८ गोल गरेका छन्। उनी पछिल्लो समय पहिलो रोजाईमा पर्न छाडेका छन्।एजेन्सी