माघ ७। सबैभन्दा धेरै जुम्ल्याहाहरू एकै स्थानमा जम्मा गरेर नयाँ विश्व कीर्तिमान राख्ने श्रीलङ्काको प्रयास अत्याधिक भिडका कारण असफल भएको छ।
आयोजक श्रीलङ्का ट्वीन्सले ताइवानमा सन् १९९९ मा राखिएको विश्व कीर्तिमान तोड्न देशभरका जुम्ल्याहाहरूलाई कोलम्बोको एउटा रङ्गशालामा जम्मा हुन आह्वान गरेको थियो।
ताइवानमा ३,९६१ जोडी जुम्ल्याहा, ३७ तिम्ल्याहा समूह र चार चम्ल्याहा समूह एकै स्थानमा जम्मा भएको कीर्तिमान गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा कायम छ।
कोलम्बोमा भने सोमवार अपेक्षा गरिए भन्दा ठूलो सङ्ख्यामा जुम्ल्याहाहरू जम्मा भएपछि गिनिजको कडा दर्ता प्रक्रिया असम्भव बनेको थियो।

जुम्ल्याहाहरू नयाँ विश्व कीर्तिमान राख्ने आशामा आएका थिए तर उनीहरूको जन्म दर्ता प्रमाणपत्र परीक्षण गर्न धेरै लामो लाम लागेको थियो।प्रत्येक जोडीको परीक्षण र तस्बिर लिदाँ कम्तीमा पाँच मिनेट लागेको थियो।

आयोजकले अत्यधिक सङ्ख्यामा जुम्ल्याहा जोडी आएका कारण गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको कडा प्रक्रिया पार गर्न नसकिएको बताएको छ।तर छिटै नै अर्को प्रयास गर्न अर्को कार्यक्रम आयोजन गरिने बताइएको छ।बिबिसी