काठमाण्डौं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ।
सोमबार तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार रु ३०० ले बढेर तोलामा ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार तेजावी सुनको मूल्य भने तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको छ। यस्तै मंगलबार चाँदी रु ५ बढेर तोलामा ८९८ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ।