काठमाण्डौं, माघ ७ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ।
प्रचण्ड र पौडेलको छलफल सभामुख र उपसभामुखको निर्वाचन केन्द्रित भएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए। भेट वार्ताको क्रममा वर्तमान राजनीतिक अवस्था र सभामुख, उपसभामुखको निर्वाचनको सवालमा पनि छलफल भएको जनाइएको छ।