माघ ८। चीनबाट फैलिएको कोरोना भाइरस अमेरिकामा पनि देखिएको छ।सेन्टर्स फर डिजिज कन्ट्रोलले चीनबाट सिएटल फर्किएका एक अमेरिकी नागरिकमा उक्त रोगको संक्रमण देखिएको जानकारी दिएको हो। चीनको युहान शहरबाट फैलिएको यो भाइसरले अहिलेसम्म तीन सय बढीलाई संक्रमित पारिसकेको छ भने ६ जनाको मृत्यु भइसकेको छ।
अमेरिकाका संक्रमित ती ३० वर्षे पुरुष जनवरी १५ तारिखमा युहानबाट फर्किएको जानकारीमा उल्लेख छ।‘बिरामी भएपछि उनी वासिङ्टनमा उपचारका लागि आएका थिए,’ सेन्टर फर डिजिजले एक वक्तव्य जारी गर्दै जानकारी दिएको छ।‘बिरामीले यात्रा गरेको स्थान र लक्षणलाई आधार मानेर स्वास्थ्य क्षेत्रका विज्ञले उनलाई कोरोना भाइरस लागेको हुनसक्ने अनुमान गरे ।’परीक्षणपछि उनलाई कोरोना भाइरस नै लागेको २० जनवरीमा थाहा भएको बताइन्छ ।