काठमाण्डौं, माघ ९ । होटल नै बुक गरेर यौन धन्दा चलाउने दुई जना हिरोइनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाइप्रोफाइल यौनधन्दा चलाइरहेका दुई हिरोइनहित तीन जनालाई भारतको मायानगरीबाट मुम्बइ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्ने मध्ये २ जना तुर्कमेनिस्तानका नागरिक हुन्। उनीहरु मुम्बइमा बसेर बलिउड फिल्ममा समेत काम गर्दै आएका थिए। उनीहरुको विवरण भने गोप्य राखिएको छ।
मुम्बइको इम्पिरियल होटलमा अवैध यौनधन्दा चलिरहेको जानकारी पाएपछि प्रहरीले निगरानी बढाएको थियो। यी विदेशी महिलाहरु फिल्ममा काम गर्नुका साथै पुणेको एक कलेजमा एमबीए पढ्दै गरेका थिए।
प्रहरीका अनुसार ग्राहकलाई खुसी बनाएमा उनीहरुलाई एक रातको १ लाख रुपैयाँ (१ लाख ६० हजार नेपाली रुपैयाँ) सम्म दिइने गरेको थियो।