काठमाण्डौं, माघ ९ । नेपाली जनता दलले राष्ट्रियसभा चुनावमा ‘नो भोट’ गरेको छ। आफ्नो पार्टीको कुनै पनि उम्मेदवार नभएको र प्रदेश २ मा अनेमेल विवाह जस्तो चुनावी गठबन्धन भएकोले कसैलाई मतदान नगर्न पार्टीले हृविप जारी गरेको हो।
प्रदेश २ मा नेपाली जनता दलले २ स्थानीय तहमा प्रमुख जितेको थियो। पर्साको पोखरीया नागरपालिकामा मेयर जितेका दिपनारायण प्रसाद रौनियार र कालिकामाई गाउँपालिकाको अध्यक्ष जितेका नथुनी प्रसादलाई पार्टीले कसैलाई भोट नहाल्न हृविप जारी गरेको हो।
प्रदेश २ मा नेकपा-राजपा र नेपाली कांग्रेस-समाजवादी पार्टीवीच चुनावी गठबन्धन छ।