काठमाण्डौं, माघ ९– बागमती प्रदेशमा भोलि शुक्रबार सार्वजनिक बिदा हुने भएको छ। तर यो विदा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा भने लागू हुने छैन।
बागमती प्रदेश सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको हो। प्रदेश सरकारले दिएको बिदा उपत्यकाभित्रका तीन जिल्लाबाहेक अन्यमा लागू हुने गृह मन्त्रालयले जनाएको छ।
गत वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले उपत्यकाबाहेक अन्य जिल्लाको हकमा प्रदेश सरकारले दिएको बिदा लागू हुने निर्णय गरेको थियो। उपत्यकाभित्रका तीन जिल्लामा भने केन्द्र सरकारले बिदा दिएका बेला मात्रै बिदा हुनेछ।