काठमाण्डौं,माघ १० । बाग्मती प्रदेश सरकारले माघ १० गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ। तामाङ समुदायको चाड सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिइएको बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
मन्त्रालयले एक सूचना जारी गरी गर्दै प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार माघ १० गते सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त दिन प्रदेशभर सार्वजनिक बिदा हुने बिहीबार जनाएको थियो।
प्रदेश सरकारले बिदा घोषण गरेकाले प्रदेशभर बिदा हुने बाग्मती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव मधुसुधन बुर्लाकोटीले जानकारी दिए।
उपत्यकाको हकमा भने केन्द्र सरकारको राजपत्रअनुसार हुने उनले बताए। गृह मन्त्रालयले गत वैशाखमा प्रकाशित गरेको राजपत्र अनुसार प्रदेश सरकारले बिदा दिँदा आफ्नो प्रदेशभित्रका केन्द्र मातहतका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दा सबै बन्द रहने छन्।
केन्द्र सरकारले प्रदेश सरकारलाई दिएको अख्तियारी अनुसार प्रदेश सरकारले आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक चाड, पर्व आदिमा आवश्यकता हेरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था छ।