काठमाण्डौं, माघ १० । नेपाली सेना र अमेरिकी सेनाबीच एक महिना लामो संयुक्त अभ्यास हुने भएको छ। काठमाडौंको छाउनी र नगरकोटमा हुने अभ्यास आगामी फागुन ५ गतेदेखि शुरु हुनेछ। यो अभ्यास चैत ६ गते सकिनेछ।
यो अभ्यासमा नेपाली सेनाका ३६ र अमेरिकी सेनाका ९ जना सहभागी हुनेछन्। अभ्यास दुई देशका सेनाबीच अन्तर्राष्ट्रिय मानवीय कानून, घाइतेहरूको उद्धार र शहरी विद्रोह नियन्त्रणमा केन्द्रित हुनेछ।