मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो। मेथीलाई आयुर्वेदमा बहुगुणी र बहुआयामिक औषधिका रूपमा व्याख्या गरिएको छ। मेथीको साग स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक मानिन्छ। बहुगुणकारी मेथी बारेमा जानकारी राखौं
- मेथीको हरियो साग खाँदा पाचनतन्त्रले सहजरूपमा काम गर्नुका साथै कब्जियत वा ग्याष्ट्रिक जस्ता समस्यामा फाइदा पुग्छ।
- मेथी वा यसको सागले चिसोबाट बचाउँछ । यसको दैनिक प्रयोगले रुघाबाट जोगिन सकिन्छ।
- बारम्बार पिसाब आउने समस्या छ भने मेथीको पातको रसले फाइदा पुग्छ । दैनिक यसको सेवनबाट समस्या दूर हुन्छ।
- मेथीको पात कपालका लागि पनि अत्यधिक लाभदायक छ। यसको पातलाई पिसेर लगाउँदा कपाल कालो, बाक्लो र चमकदार हुन्छ। साथै कपाल र्झन पनि रोकिन्छ।
- सुन्दरता बढाउनमा पनि मेथी प्रभावकारी छ। यसलाई पिसेर अनुहारमा लगाउँदा त्वचामा चमक आउँछ। रुखो त्वचा हुनेहरूका लागि यो अत्यन्त लाभदायक हुन्छ।
- मेथीको साग प्रतिदिन सेवन गर्दा वा मेथीको दानाको चूर्ण प्रतिदिन खाँदा वजन नियन्त्रणमा रहन्छ र बोसोको मात्रा बिस्तारै बिस्तारै कम हुन्छ।
- पेटमा किरा परेको बेलामा मेथीको पातको रस निकालेर बच्चालाई प्रतिदिन एक चम्चा पिलाउँदा फाइदा हुन्छ।
- मधुमेहका रोगीका लागि मेथीको सेवन अत्यधिक लाभदायक हुन्छ ।
- मेथीको साग नित्य सेवनले हृदयघातको सम्भावनालाई न्यून बनाउँछ।