माघ ११ । टर्कीमा शक्तिशाली भूकम्प गएको छ। टर्कीको पूर्वी क्षेत्र केन्द्रविन्दु भएर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पका कारण कम्तिमा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन्।
एलाजिग् प्रान्तको सिभ्रिस बजार केन्द्र भएर गएको भूकम्पका कारण भवनहरु भत्किएका छन्। भूकम्पको धक्का सिरिया, लेबनान तथा इरानसम्म महसुस भएको थियो।
टर्कीमा बेलाबेलामा भूकम्प गइरहन्छ। सन् १९९९ मा गएको शक्तिशाली भूकम्पका कारण १७ हजार मानिसको ज्यान गएको थियो।स्थानीय समय अनुसार शुक्रबार राति ८ बजेर ५५ मिनेट जाँदा (नेपाली समय अनुसार राति ११ बजेर ४० मिनेट) मा भूकम्प गएको हो।
अहिले उद्धार तथा राहतको काम भइरहेको विपद तथा आपतकालीन अवस्था व्यवस्थापन एजेन्सीले जनाएको छ। प्रभावित क्षेत्रमा ४०० भन्दा बढी उद्धार टोली खटिएका छन्।
भूकम्पका कारण प्रभावित भएको क्षेत्र राजधानी अंकाराबाट ५५० किलोमिटर पूर्वमा पर्छ।