माघ ११ । गुगलको प्राथमिकतामा भारत समेत परेको छ। उसले भारतको तेस्रो ठूलो टेलिकम अपरेटर कम्पनी एयरटेलसँग मिलेर क्लाउड सेवा दिने भएको छ।
अमेरिकन टेक जायन्टले भारतीय अपरेटर एयरटेलसँग सहकार्य गर्न लागेको हो। क्लाउड सेवा उपलब्ध गराउनका लागि सम्झौता समेत भइसकेको छ।सम्झौताअन्तर्गत एयरटेलले जी सुईट साना र मझौला साइजका बिजेनसहरुका लागि उपलब्ध गराउनेछ।
भारतमा ३२ करोड ५० लाख सेवाग्राहीहरु रहेको एयरटेलले हाल करिब २ हजार ५०० ठूला व्यवसायहरुलाई क्लाउडको सेवा दिइरहेको छ।
एयरटेलको सेवा लिने साना तथा मझौला व्यवसायको संख्या भने अधिक छ। ५ लाख साना तथा मझौला व्यवसायहरु तथा स्टार्टअपलाई सेवा दिईरहेको एयरटेलले जनाउँदै आएको छ।