माघ ११ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा आज शनिबार ब्रिसबेन हिटसँग खेल्दैछ।
लिगको १४ औं खेलमा मेलबर्नले ब्रिसबेनसँग घरेलु मैदानमा खेल्न लागेको हो। खेल नेपाली समय अनुसार अपरान्ह १ बजेर ५५ मिनेटमा सुरु हुनेछ।
ब्रिसबेनविरुद्धको खेलमा सन्दीप प्लेईङ सेटमा पर्ने सम्भावना बलियो रहेको छ। ब्रिसबेनसँगको खेलका लागि घोषणा गरेको १३ सदस्सीय टिममा सन्दीप परेका छन्।
यस सिजन सन्दीपले १२ खेलमा १४ विकेट हात पारिसकेका छन्। ब्रिसबेनविरुद्ध मैदान उत्रदा मेलबर्न ११ औं जितको खोजीमा हुनेछ।
मेलबर्न १३ खेलमा १० जितसहित २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ। ब्रिसबेनविरुद्ध जित निकाल्दै मेलबर्न उक्त जितको लय कायम राख्न चाहन्छ ।
ब्रिसबेन १० जोडेर लिगको सातौं स्थानमा रहेको छ। एजेन्सी