माघ ११ । चिनियाँ टेलिप्रदायक कम्पनी हुवावेविरुद्ध अमेरिका अझ कठोर रुपमा प्रस्तुत हुने संकेत गरेको छ।
हुवावेका संस्थापक रेनले सन् २०२० मा अमेरिकाले हुवावेमाथि अझ ठूलो प्रतिवन्ध लगाउन सक्ने भन्दै गरेको प्रक्षेपण सत्य नजिक पुगेको छ।
अमेरिकी वाणिज्य सचिव विल्बर रसले हुवावेमाथि ठूलो प्रतिवन्धको तयारी भइरहेको जानकारी दिएका छन्। हुवावेमाथि व्यापारमा थप प्रतिवन्ध लगाउने तयारिमा अमेरिका पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन।
त्यसकालागि आन्तरिक गृहकार्य भइरहेको र चाडै उक्त निर्णय सार्वजनि गर्ने अमेरिकी वाणिज्य सचिव विल्बर रसले जनाएका छन।
ब्लूमबर्गका अनुसार अमेरिकालाई कडाइ गर्न १० प्रतिशत भन्दा बढी अमेरिकी सामान प्रयोग गरेर उत्पादन भएको बस्तु बेच्न नपाउने निर्णय गरिनेछ। यसअघि २५ प्रतिशतसम्मको सीमा तोकिएको थियो।