दाङ, माघ ११ । श्रीमतीको मलद्वारमा अगुल्टो कोचेर घाइते बनाउने श्रीमानलाई दाङ प्रहरीले पक्राउ गरेको छ।
घरायसी विवादमा लमही नगरपालिका वडा नम्बर १ निवासी ६६ वर्षीय मेगबहादुर सार्कीले श्रीमती ५० वर्षीय सोदी खत्री सार्कीको मलद्वारमा आगोको अगुल्टो कोचिदिएर घाइते बनाएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए।
सार्कीको अवस्था गम्भीर रहेको छ। लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ।