मकवानपुर, माघ ११ । बागमती प्रदेशक मुख्यमन्त्री डोरमणी पौडेलले चाँडै विस्तार गर्न लागेको मन्त्रीपरिषदमा नुवाकोटबाट विजयी भएका प्रदेशसभा सांसद केशबराज पाण्डेलाई समावेश गर्ने भएका छन्। उनलाई वागमती प्रदेशको भौतिक पुर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको श्रोतको दाबी छ। यस अघि उत्त मन्त्रालय केशव स्थापितको जिम्मामा रहेको थियो।
प्रदेशसभा सांसद तथा नेकपा मुख्य सचेतक रहेका रामेश्वर फुँयाल र पाण्डेको नामको बिचमा चर्चा भएपनि पाण्डेलाई मन्त्रालयको जिम्मा दिनको लागि मुख्यमन्त्री तयार भएको श्रोतको भनाई छ। मुख्यमन्त्री पौडेलले मन्त्रीपरिषद विस्तारको लागि केहि दिन अघि प्रधानमन्त्री केपीशर्मा ओली, अध्यक्ष प्रचण्ड लगाएतका उच्च तहका नेताहरुसँग परामर्ष गरिसकेका छन्।
मुख्यमन्त्री पौडेलले कम्तिमा ११ सदस्य मन्त्रीमण्डल बनाउने संभावना छ। त्यसमा मकवानपुरबाट कुमारी मोक्तान, काठमाण्डौँ उपत्यकाबाट दिपक निरौला तथा नुवाकोटबाट पाण्डेको संभावना सबैभन्दा धेरै रहेको श्रोतको दाबी छ।