बाँके, माघ ११ । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-१ खोपरी बस्ने २४ वर्षीय विक्रम थारुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
थारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।