सिन्धुली, माघ १२ । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको ढुङग्रे भन्ज्याङमा माइक्रोबस दुर्घटना हुंदा एकजनाको मृत्यु भएको छ। १० जना घाईते भएका छन्। मृत्यु हुनेमा माइक्रोबस चालक काठमाडौंका मोहन महर्जन छन्।
झापाबाट काठमाडौं आउंदै गएको बा ४ ख ६९६ नम्बरको हायस माइक्रोबस दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।