सिरहा, माघ १२ । आफ्नो पत्नीलाई जलाएर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिरहाको औरही गाउँपालिका ५ औरहीमा शुक्रबार राती खाना पकाउँदै गर्दा २५ वर्षीया अनितादेवी यादवलाई उनको पति विनोद यादवले जलाएर हत्या गरेको माइती पक्षको आरोप छ।
आगोले जलेर गम्भिर घाइते भएकी अनितादेवीलाई विराटनगर पु¥याइएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो। अनितादेवीको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
पति विनोद यादवले बायनको क्रममा आफूले नै आगो लगाएको प्रहरी ब्यानको क्रममा स्वीकार गरेको प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले बताए। श्रेष्ठले माइती पक्षले अनितालाई जलाएर हत्या गरेको मौखिक उजुरी गरेपछि विराटनगरबाट पति विनोदलाई नियन्त्रणमा लिइएको थियो।
औरही गाउँपालिका–१ दरहैयाकी अशोक यादवकी छोरी अनिताको २०६८ सालमा विनोदसँग विवाह भएको थियो।
वैदेशिक रोजगारीमा गत हप्ता साउदी अरबबाट घर फर्किएका विनोदलाई भाउजुले अनिताको चरित्रको विषयमा कुरा लगाएपछि जलाएर हत्या गरिएको हजुरबुबा सुदीलाल यादवले आरोप लगाए।