काठमाण्डौं, माघ १२ । मोबाइलबाटै भन्सार पास गर्न सकिने मोबाइल एप सार्वजनिक भएको छ। ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त एप कार्यान्वयनको उद्घाटन गरे।
नेपाल कष्टम क्लेरेन्स नामक उक्त एपबाट घरमै बसेर व्यावसायीले भन्सार पास गर्न सकिने विभागका माहनिर्देशक सुमन दाहालले जानकारी दिए।
एन्ड्रयुईडको प्लेस्टोरमा उक्त एप उपलब्ध छ। भन्सार पासलाई मानवीय विवेकीय प्रणाली शून्य बनाइ विभाग पूर्ण अटोमेसनमा गएको महानिर्देशक दाहालको भनाइ थियो।
नेपाली भन्साार कुनै विकसित देशको भन्दा कम नभएको भन्दै दाहालले अब भन्सार हरेक नेपालीको गोजीमा पुगेको बताए।
यस्तै विभागले प्रत्यक्ष राजश्व संकलन ड्यासबोर्ड पनि कार्यनयनमा ल्याएको छ। ड्यास बोर्डबाट अब प्रत्येक्ष ठूला नाकाको राजश्व संकलनको जानकारी राजश्वको अनुमानि प्राप्त अधिकारीले हेर्न सकिने छ।