माघ १३ । बास्केटबलका लिजेण्ड कोबी ब्रायन्टको हेलिकप्टर दुर्घटनामा निधन भएको छ। कोबी सवार हेलिकप्टर दुर्घटनामा परेको हो। ४१ बर्षिया कोबी सहित हेलिकप्टरमा सवार ९ जनाको मृत्यु भएको छ।
हेलिकप्टर दुर्घटनामा उनकी १३ बर्षको छोरी समेत परेकी छिन्।
लस एन्जेलिस टाईम्सका अनुसार घटना बिहान १० बजे भएको हो। कुहिरोको कारण हेलिकप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ। जसका कारण उद्धारमा समेत समस्या भएको छ।
कोबीले २० बर्षको बास्केटबल करियरमा धेरै कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। उनले नेश्नल बास्केटबल एसोसियसनकाको तर्फबाट खेल्दै ५ पटक च्याम्पियन बनेका थिए।
सन् २०१६ माउनी एनबीएको सर्बाधिक तेस्रो स्कोरकर्ताको रुपमा उनले सन्यास लिएका थिए। उनले सन् २००८ देखि २०१२ सम्म ओलम्पिकमा अमेरिकालाई दुई पटक स्वर्ण दिलाएका थिए। एजेन्सी