काठमाण्डौं, माघ १३ । स्टार खेलाडी बोकेर उपाधि होडमा हिडेको मछिन्द्र र ललितपुरको थ्रीस्टार क्लब लिगको नवौं चरणको खेलमा सोमबार भिड्दैछन्।
लिगको ५८ औं खेलमा थ्रीस्टार र असनको मछिन्द्र क्लब एक आपसमा भिड्न लागेका हुन्।
दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। सोमबारको खेलले लिगको उपाधि होडको बिषयमा धेरै कुरा बोल्ने अनुमान गरिएको छ।
थ्री स्टारलाई पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा फर्कन चाहन्छ। यता, थ्री स्टार पनि मछिन्द्रलाई पराजित गर्दै पहिलो पटक शीर्ष स्थानमा उक्लिन चाहन्छ।
मछिन्द्रलाई पराजित गरे थ्री स्टार हेड टुु हेडका आधारमा शीर्ष स्थानमा पुग्नेछ। थ्री स्टार पहिलो पटक लिगको शीर्ष स्थानमा पुग्न प्रयास गर्नेछ। थ्री स्टारका तीन खेलाडी चालू सिजन मछिन्द्रमा छन्।
‘मछिन्द्र अहिले उपाधि होडमा बलियो छ। तर हाम्रो टिमपनि लयमा छ। दुबै टोलीको लागि महत्वपुर्ण रहेको छ।




