माघ १३। सुन एक दिनमै तोलामा ५ सय रुपैयाँले बढेको छ।
आइतबार प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुन आज (सोमबार) ७६ हजार रुपैयाँ पुगेको छ।
निरन्तर उकालो लाग्दै गएको सुनको भाउ केही ओरालो लागेर पुन उकालो लाग्न सुरु गरेको छ। प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर शुक्रबार ७४ हजार ८ सयमा आइपुगेको थियो। पुन बढेर ७६ हजार पुगेको छ।