चितवन, माघ १३। वन डिभिजन कार्यालय, चितवनले सेरीन हाईवे रिसोर्ट–डालिमाबाट एक चित्तलको उद्दार गरेको छ। चित्तल लाई डोरीले बाँधेर पर्यटक आकर्षण र मनोरञ्जन को साधनको रुपमा राखिएको थियो।
रिसोर्टले चित्तललाई डोरीले बाँधेर राखेको भन्दै तस्वीरहरु सार्वजनिक भएका थिए। एनिमल राईटस् क्लबले यसबारे थाहा पाएपछि कारबाहीको प्रकृया अगाडि बढाइ उद्दार गर्न माग गरेको थियो। सोही जानकारी अनुसार वन डिभिजन कार्यालयले शनिबार चित्तलको उद्दार गरी उपचारपछि आइतबार चितवन राष्ट्रिय निकुञ्जमा छोडेको छ।