हेटौंडा, माघ १३। बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको उपनेतामा सांसद कृष्णलाल भँडेल नियुक्त भएका छन्। प्रदेशसभा संसदीय दलको विधान अनुसार भँडेललाई उपनेतामा नियुक्त गरेको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिए।
यसअघि, प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक, सदस्य सचिव र प्रवक्ता चयन भएपनि उपनेता चयन गरेको थिएन।
दुई वर्षपछि भँडेललाई सोमबार उपनेता नियुक्त गरिएको हो। भँडेल मंसिर १४ गते भएको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित भएका थिए।