माघ १५ । क्यारबियन क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। जमैकाको केइमन आइल्याण्ड र क्युवाको बिचमा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्प लगत्तै केही समयका लागि अमेरिकाको फ्लोरिडासम्म सुनामीको चेतावनी जारी गरिएको थियो। भूकम्पको धक्का क्यारबियन क्षेत्रभर महसुस भएको थियो। भूकम्पका कारण भवनहरु हल्लिएका थिए।
तर अहिलेसम्म कसैको ज्यान गएको खबर छैन। अमेरिकाको मायामी तथा जमैकाका तटीय क्षेत्रहरुमा केही कार्यालय केही समयका लागि खाली गरिएका थिए। सुनामीको चेतावनी केही समयपछि फिर्ता लिइएको थियो।