सप्तरी, माघ १५ । प्रदेश १ को सचिवालयमा कार्यरत उपसचिव दिपक घिमिरे सवार जिप सप्तरीमा दुर्घटना भएको छ।
जीप सप्तरीको शम्भुनाथमा आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रदेश नम्बर १ का सचिवालयमा प्रवक्ताको समेत जिम्मेवारीमा रहेका उपसचिव घिमिरे परिवार काठमाडौं आउदै गर्दा दुर्घटना भएको हो।
प्रदेश १–०२–००१ झ ०७१६ नम्बरको जीप शम्भुनामा रहेको ट्राफिक प्रहरी पोष्ट नजिकै ना ६ ख २१७२ नम्बरको ट्रकको पछाडि ठोक्किएको हो।
दुर्घटनामा घिमिरेसहित उनका छोरा ११ बर्षीय दीर्घायु घाइते भएका छन। उनकी श्रीमती र छोरी भने सकुशल छन। उनिहरुको स्थानीय क्लिनिकमा उपचार भएको छ। दुर्घटनापछि उनिहरु पुनः बिराटनगर नै फर्किएको बताइएको छ।