माघ १५ । रोमानियाकी सिमोना हालेप अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन्। मेलबर्नमा बुधबार भएको खेलमा अनेट्ट कोनटाभेइटलाई हराएर हालेप अन्तिम चारमा पुगेकी हुन्।
चौंथो वरियताकी हालेपले कोनटाभेइटलाई ६-१ र ६-१ को सेटमा पराजित गरिन्। अब हालेपले गार्बिन मुगुरुजा र अनास्टासियाबीचको विजेतासँग खेल्ने छिन्। एजेन्सी