सर्लाही, माघ १५ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको इश्वरपुर–१२ डाँका चोकमा बुधवार विहान ४ बजे बस पल्टिदा तीन जना यात्रु घाइते भएका छन्।
रुपन्देहीको भैरहवाबाट विरानगर जाँदै गरेको ना ५ ख १५२१ नम्वरको बस अनियन्त्रित भइ पल्टिँदा बसमा सवार भारत सुबोल जिल्लाका २२ वर्षका नितेश यादव, विराटनगरका २४ वर्षीय ज्योति लिम्बु र सिरहा गढिमाइ नगरपालिका १३ निवासी २४ वर्षका राम सुबो यादव घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरुको उपचारका लागि महोतरीको बर्दिवास पठाइएको छ। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बस चालक फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव निरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए।