काठमाण्डौं, माघ १५ । एभरेस्ट प्रिमियर लिग(ईपीएल क्रिकेटमा अफगानिस्तानका मोहम्मद साहजादले पनि खेल्ने भएका छन्। चितवन टाइगर्सले सेहजादलाई आबद्ध गरेको हो।
यो सिजन टाइगर्समा आबद्ध हुने साहजाद पहिलो विदेशी खेलाडी हुन्। साहजादसँग अफगानिस्तानबाट टेस्ट, एकदिवशीय र टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलेको अनुभव छ। उनले बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र आबुधावी टीट्वेन्टी क्रिकेट खेलेका छन्।
अफगानिस्तानलाई टेस्ट मान्यता दिलाउन साहजादको महत्वपुर्ण योगदान मानिन्छ। यी विकेटकिपर ओपनिङ ब्याट्सम्यानका रुपमा उत्रने गर्दछन्। ईपीएलको यो सिजन वेस्ट इन्डिजका ड्वेन स्मीथलगायत विदेशी खेलाडीको सहभागिता निश्चित भइसकेको छ।