काठमाण्डौं, माघ १६ । सुकुटी र आलो मासुको लालचले दुई नेपालीले जापानको भिषा गुमाएका छन।
जापानले प्रतिबन्धित बस्तुको सूचिमा राखेको आलो मासु र सुकुटी लिएरै बिमानस्थलमा पुगेका उनिहरुको भिषा रद्द गरिदिएको हो।
टन्न कमाउने सपनासहित जापान पुगिसकेका उनिहरुको ३ बर्षे भिषा नै रद्द भएपछि स्वदेश फर्किएका छन। चितवनमा बसोबास गर्दै आएका भट्टराई थरका उनिहरु बाबु छोरा हुन। उनिहरुको अन्य विवरण खुलाइएको छैन।
उनीहरुले सुटकेसमा करिब ३ किलो सुकुटी र ३ किलो आलो मासु, हरियो तथा धुलो खुर्सानी लगायतका खानेकुरा लगेका थिए।




