चितवन, माघ १६ । स्मल हेभन मोडेल स्कुलमा निबन्ध प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार बितरण गरिएको छ। बिहिबार सरस्वती पुजाको दिन साईकल अभियन्ता रुक्मिनी सापकोटा घिमिरेको सहकार्य एवम संयोजन तथा स्मल हेभन मोडेल स्कुल साइकिलिङ क्लब र इन्ट्र्याक्ट क्लबको संयुक्त आयोजनामा भएको निबन्ध प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार बितरण गरिएको हो।
प्रतियोगितामा बालकुमारी बोर्डिङ स्कुलकी छात्रा भुमी कुमारी गुप्ता प्रथम, प्रेरणा बोर्डिङ स्कुलकी छात्रा अन्जिला काफ्ले द्धितिय र अर्किड स्कुलका छात्र अभिमन्यु जोशी तृतीय साथै श्री लक्ष्मी मा।बि की छात्रा रचना अधिकारी र अर्किड स्कुलका छात्र आशुतोष अधिकारी शान्त्वना भएको थिए। प्रथमलाई साइकल, हेल्मेट , ज्याकेट, द्धितियलाई साइकल ,हेल्मेट र तृतिय हुनेलाई साइकल, हेल्मेट प्रदान गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी उपमेयर पार्बती शाहले बिजेताहरुलाई पुरस्कार बितरण गरेकी थिइन्।
कार्यक्रममा वडा न २ का वडा अध्यक्ष पुर्ण बहादुर श्रेष्ठ , स्मल हेभन मोडेल स्कुलका डाइरेक्टर राम प्रसाद भट, प्राचार्य बिमल कुमार क्षेत्री, शिक्षक,शिक्षिका, अभिभावक र अन्य बिशिस्ट व्यक्तित्वहरुको सहभागीता रहेको थियो। यस कार्यको लागि साईकल अभियन्ता रुक्मिनी सापकोटा घिमिरेलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरिएको थियो।