चितवन, माघ १६ । चितवनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन धुर्मुस सुन्तली फाउन्डेसनले महायज्ञ लगाउने भएको छ। माघ १९ देखि २६ गतेसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणस्थलमा धनधान्यान्चल महायज्ञ लगाउने फाउन्डेसनले जनाएको छ।
३ अर्ब लागत अनुमान गरिएको रंगशाला निर्माणका लागि जनस्तरबाट सहयोग जुटाउनका लागि महायज्ञ गर्न लागिएको अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताए। महायज्ञमा पण्डित दिनबन्धु पोखरेलले पुराण बाचन गर्ने भएका छन्।
निर्माणाधीन रंगशालामा ३० हजार दर्शकले खेल हेर्नसक्ने प्याराफिट सहितको क्रिकेट स्टेडियम, प्याराफिट सहितको फुटवल स्टेडियम तथा अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको इन्डोर पौडी पोखरी बन्नेछ।
यसैगरी मार्सल आर्टस्, व्याटमिन्टन, भलिवल, वास्केटवल लगायत २२ विभिन्न विधाका खेल खेल्न सकिने यो रंगाशाला अन्तर्राष्ट्रिय स्तरको हुने फाउन्डेसनले जनाएको छ।