माघ १७ । दक्षिण अफ्रिकाको क्रिकेट टिमले पाकिस्तानको भ्रमण गर्ने तयारी गरेको छ।
दक्षिण अफ्रिकाले टी-ट्वान्टी सिरिजका लागि पाकिस्तान जाने तयारी गरेको हो। दक्षिण अफ्रिकाले आगामी मार्चमा पाकिस्तान भ्रमण गर्ने बताईएको छ। तर, मिति भने तय भएको छैन।
भारतसँगको एकदिवसीय सिरिज मार्च १८ गते सकिएसँगै दक्षिण अफ्रिकाले पाकिस्तान जाने तयारी गरेको हो। तर, सुरक्षाको कारण दक्षिण अफ्रिकाको पाकिस्तान भ्रमणले ठोस निर्णय पाउन सकेको छैन।
दक्षिण अफ्रिकाले सन् २००७ को अक्टोबरपछि पाकिस्तानको भ्रमण गरेको छैन। पछिल्लो समय दुई टोलीबीच युएईमा खेल्दै आएका छन्।
सन् २००९ मा श्रीलंकन टोलीमाथि आतंकवादी हमला भएपछि धेरै तिम्ले पाकिस्तानको भ्रमण गरेको छैन। एजेन्सी