रुपन्देही, माघ १७ । रुपन्देहीको देवदह नगरपालिका–१० मा बिहीबार राति मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। राति सवा ९ बजे लु ३८ प ४५५४ नम्बरको मोटरसाइकल र लु १ ज ३०९० नम्बरको भ्यान आपसमा ठोक्किएका थिए।
दुर्घटनामा रुपन्देहीको केरवानी–२ का ३६ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा राति पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
भ्यान चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।