काठमाण्डौं, माघ १७ । सत्तारुढ दल नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल लगभग अन्तिम चरणमा पुगेको छ।
बुधवार पार्टी अध्यक्षद्वय केपी श्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भएको हो। ४ सय ४१ केन्द्रीय सदस्य १५ समूहमा बाँडिएर छलफलमा जुटेका हुन्।
१५ मध्ये समूह ३, ४, ५, ६, ७, १२, १३, १४ र १५ का सबै नेताहरुले आफ्नो धारणा विहीवार नै राखिसकेका छन्।
समूह १, २, ८, ९, १० र ११ मा रहेका नेताहरुले शुक्रवार विहानैबाट छलफल शुरु गरेका थिए। बाँकी नेताहरुले धारणा राखिसकेपछि टोली नेताले केन्द्रीय कमिटीको वैठकमा आ–आफ्नो प्रस्तुति दिन कार्यक्रम रहेको छ।
राष्ट्रिय सभागृहमा ८, पार्टी कार्यालय धुम्बाराहीमा ४ र जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा ३ समूहले छलफल गरेका थिए।
छलफलमा सहभागी अधिकांश नेताहरुले अमेरिकी सहयोग एमसीसी, सरकारको काम कारवाही र पार्टी एकताबारे आफ्ना धारणा राखेका छन्।