काठमाण्डौं, माघ १७ । प्रतिनिधि सभा बैठकमा सांसदहरुले कोरोना भाइरसको संक्रमण फैलदै गएको भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन्।
शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा सांसद गौरीशंकर चौधरीले चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १८ देशमा फैलिएको र भाइरसका कारण ज्यान गुमाउने र संक्रमितको संख्या बढेको भन्दै नेपाल पनि गम्भीर बन्नु पर्ने बताए।
उनले विश्व स्वास्थ्य संगठनले नै आपतकालको घोषणा गरिसकेको अवस्थामा नेपाल सरकारले केही समय चीनबाट हुने आवतजावतलाई बन्द गर्नुपर्ने बताए।
‘कोरोना भाइर १८ देशमा फैलिएको छ। मर्ने र संक्रमितको संख्या बढेको छ। विश्व सस्वास्थ्य संगठनले पनि आपतलकाल घोषणा गरेको छ’ संसद बैठकमा उनले भने,‘नेपाल सरकारबाट केही समय चीनबाट हुने आवतजावतलाई बन्द गरियोस्, अरु देशबाट आउनेमाथि परीक्षण र निगरानीको साथै उपचारको व्यवस्था गरियोस्।’