जनकपुरधाम, माघ १७ । जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पताल अगाडिको एक औषधी पसलमा आगजनी भएको छ।
कल्याण औषधी पसलमा आगजनी भएको हो। पसलको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको देखिएको प्रहरीको भनाइ छ। आगो कसले र किन लगाएको हो ? भन्ने विषयमा खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।