माघ १७ । मनिष पाण्डेको अर्धशतकमा भारतले न्युजिल्याण्डलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ। विलिङ्टनमा पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतीमा १ सय ६५ रन बनायो।
मनिषले ५० रन बनाएको ईनिङ्स केएल राहुलले ३९ रन बनाए। शर्दुल ठाकुरले २०, शिभव डुबी १२, नाबदेब सैना र विराट कोहलीले समान ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। न्युजिल्याण्डका इश सोधीले सर्वाधिक ३ विकेट लिए।
५ म्याचको टी ट्वान्टी सिरिज भारतले जितिसकेको छ। न्युजिल्याण्ड भ्रमणमा रहेको भारतले तीन वान डे र दुई टेष्ट म्याच खेल्नेछ।